महोत्तरीका मिटरब्याजी साह पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १० : ५६
महोत्तरीका मिटरब्याजी साह पक्राउ

काठमाडौं । महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ परेका छन् । चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी गरिबको उठिवास गराउने मिटरब्याजी साह शनिबार राति पक्राउ परेका हुन् । उनलाई महोत्तरीको भंगहा नगरपालिका–५ सिद्धपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले  जानकारी दिए ।  

उनका अनुसार सुदखोर साहविरुद्ध ठगी तथा अपराधी विश्वासघात कसुरमा कारबाही चलाइनेछ । पंगेनीले गैरकानुनीरूपमा चर्को ब्याजदरमा भंगहा गरपालिकालगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म ऋण लगानी गर्ने गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस