साञ्जेन जलविद्युतको आइपिओ खुला

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १० : ५४
साञ्जेन जलविद्युतको आइपिओ खुला

काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीले आजबाट आइपिओ खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३६ लाख ५० हजार कित्ता आइपिओ आयोजना प्रभावित स्थानीयका लागि खुला गरेको हो ।

आइपिओ खरिदका लागि रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका–५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका–४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका–१, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीले आवेदन दिन सक्नेछन् । 

आयोजना प्रभावित स्थानीयहरूले आइपिओका लागि भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असोज ४ गतेसम्म बिक्री खुला हुनेछ । आइपिओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  

प्रतिक्रिया दिनुहोस