नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनमा लहान नगरपालिकाले शोक बिदा

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १० : ४६
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनमा लहान नगरपालिकाले शोक बिदा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ ।

लहान नगरप्रमुख महेश चौधरीले नेता गिरीका निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताए।लहान–१० निवासी गिरीको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो ।

उनको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ । चिन्तक गिरी गत विसं २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस