थलीको सडक कालोपत्रे माग गर्दै स्थानीयले गरे आन्दोलन

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १० : ४१
थलीको सडक कालोपत्रे माग गर्दै स्थानीयले  गरे आन्दोलन

काठमाडौं  चाबहिल–साँखु सडक खण्डको थलीको सडक कालोपत्रे माग गर्दै स्थानीयले आन्दोलन गरेका छन्।धुलो र  हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आन्दोलन गरेमा हुन।

 सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीय व्यवसायीहरुले एम्बुलेन्स र स्कुलका बसबाहेक अरु सबै सवारी साधनलाई आउ जाउ गर्न रोक लगाएका छन्।बाटोमा राखेको सूचनामा थलीवासीहरुको स्वास्थ्य, दैनिक जीवन, आवत जावत, व्यापारमा नराम्रो असर भइरहेको र राज्य, स्थानीय सरकारको हेलचेक्राइ र फटाइ विरुद्ध सडक बन्द गराएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस