काठमाडौं । बागलुङका तीन नेता नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकसाथ पुगेका छन् । शिक्षामन्त्रीसमेत रहेका देवेन्द्र पौडेल, पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा र नेता हितमान शाक्य सचिवमा चुनिएका हुन्।
पौडेल र शर्मा बागलुङ नगरपालिका–१२ र शाक्य ३ का बासिन्दा हुन् । तीनै नेता पार्टी स्थायी समिति सदस्य रहेका छन्। शर्मा विसं २०६८ शिक्षामन्त्री रहेका थिए ।
शाक्य अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्षसमेत रहेका थिए। शनिबार बसेको पार्टी स्थायी समिति बैठकले उनीहरू सहित २० पदाधिकारी चयन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०५ भदौ २०७९, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले चैत मसान्तसम्म ७५३ वटै पालिकामा वडास्तरीय भेला गर्ने
माओवादीमा आर्थिक पारदर्शीता अभियान शुरु
यी हुन् माओवादीका ७७ जिल्ला इन्चार्ज (नामावलीसहित)
फागुन १२ देखि तराई मधेश जागरण अभियान सञ्चालन गर्ने माओवादीको निर्णय
बेनीमा आज माओवादीको सभा, प्रचण्डले सम्बोधन गर्ने
माओवादीको पदाधिकारी बैठक खुमलटारमा बस्दै