गुल्मीमा एक सातादेखि हराएकी वृद्धा मृत फेला

सफल खबर संवाददाता

शनिबार, ०४ भदौ २०७९, २० : ३५
गुल्मीमा एक सातादेखि हराएकी वृद्धा मृत फेला

काठमाडाैँ । गुल्मीमा एक सातादेखि हराएकी वृद्धा मृत फेला परेकी छिन् । मुसिकोट नगरपालिका–१ पौदीकी ७९ वर्षकी सेतीदेवी पछाईंको शव शनिबार बिहान फेलापरेको हो । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालका अनुसार शव सडेको अवस्थामा फेला परेको छ । शव पोस्टमार्टमका लागि गुल्मी जिल्ला अस्पताल ल्याइएको छ । 

जिल्लाको इश्मा गाउँपालिका–१ हस्तिचौरको बसेनी सामुदायिक वनमा शव फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । पौदी अमराइमा भाइको घरमा बस्दै आएकी एकल महिला पछाई एक हप्तादेखि हराएकी थिइन् । उनका छोराछोरी थिएनन् ।

पछाईको मृत्युबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस