पाँच केजी गाँजासहित धनकुटाबाट एक युवक पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०४ भदौ २०७९, २० : ०६
पाँच केजी गाँजासहित धनकुटाबाट एक युवक पक्राउ

काठमाडौँ  । प्रहरीले धनकुटा नगरपालिका-९ मुलघाटबाट पाँच किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका ९ बस्ने २० वर्षीय सनिल राईलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा कालो रङको झोलाभित्र लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका राई सवार प्रदेश नम्बर १–०२–०४४ प ३४१६ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस