शुन्य लागतमा १००० कामदार मलेसिया पठाईदै

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, ११ : ३५
शुन्य लागतमा १००० कामदार मलेसिया पठाईदै

काठमाडौं । मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग सम्झौता गरेको हो ।मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले र नेपालमा रहेको व्हाईट हर्ष रिक्रुटमेन्ट प्रालि मेनपावरबीच विहीबार काठमाडौंको रेडिसन होटलमा पत्रकार सम्मेलन गरेर द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौतापत्रमा माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिका तर्फबाट एच आर निर्देशक माईकल लि र व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरका तर्फबाट अध्यक्ष सागर गिरि र सिईओ राजन श्रेस्ठले हस्ताक्षर गरेका हुन । सम्झौताअनुसार माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिमा जाने नेपाली श्रमिकले व्हाईट हर्ष रिक्रुटमेन्ट मेनपावर कम्पनीमार्फत शून्य लागत अर्थात एकरुपैया पनि नतिरी मलेसिया जान पाउनेछन ।

मलेसियाको यो कम्पनीले पहिलो चरणमा एक हजार श्रमिक लैजाने जनाएको छ । व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरबाट पहिलो चरणमा १००० कामदार मलेसिया जान पाउने र केहि समयमै थप १००० कामदार मलेसिया लैजाने कम्पनीका एच आर निर्देशक माईकल लिले पत्रकार सम्मेलनमा जानकारी गराए । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने लिले बताए । ‘कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक रहेका छौँ’ उनले भने –‘नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा पारिश्रमिक तथा अवसरमा कुनै विभेद नहुने लिले दावी गरे ।

रेष्पोन्सिबल विजनेश एलाइन्समा आवद्ध एच आर निर्देशक माईकल लिको मलेसियालगायतका देशमा विविध उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग ४ प्लाण्ट रहेका छन् । यो कम्पनीमा विभिन्न देशका गरी ३००० भन्दा बढी श्रमिक कार्यरत छन । एच आर निर्देशक माईकल लिले श्रमिकको आरामदायी बसोवासका लागि आफ्नै अपार्टमेन्ट रहेको जनाउँदै नेपाली कामदार इमान्दार, परिश्रमी र छिटो भाषा सिक्न सक्ने भएकाले नेपालीलाई नै पहिलो रोजाईमा परेको बताए । यो कम्पनीमा नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रिङ्गेट तलबका साथै भत्ता, बोनस, ओभरटाइमका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ ।

व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरका अध्यक्ष सागर गिरीले शुन्य लागतमा कामदार पठाउने नमूना मेनपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताए । मेनपावरका सीईओ राजन श्रेस्ठले कामदारबाट कुनै पनि पैसा नउठाउने जनाउदै आफ्नो मेनपावरमा कुनै एजेण्ट वा मिडिलमेन नहुने र इथिकल रिक्रुटमेण्ट मात्र गर्ने बताए ।
कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिदै एचआर निर्देशक लि र मेनपावरका सीईओ श्रेस्ठले आफुहरुको अभियान भनेको निशुल्क बैदेशिक रोजगारी भएकाले सरोकारवाला संघ सँस्थालाई अनुगमन गर्न र आवश्यक सहयोग गर्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस