काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा लगातार १० पटकभन्दा बढी अनुपस्थित हुने सांसदहरूबारे संसदमा जानकारी गराएका छन्।
सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएका सांसदहरूबारे जानकारी गराएका हुन्।
संसदमा सांसदहरुको गयल हुने प्रवृत्तिले सभामुख आफैँ आजित भइसकेका छन्। संसदमा छलफलपछि कुनै पनि विधेयक पारित गराउनका लागि गणपूरक समेत नपुगेर पटक-पटक बैठक स्थगित गर्दै आइरहेका छन्। त्यसबारे सभामुखले सार्वजनिक रूपमै असन्तुष्टि जनाइरहेका छन्।
उनीहरुको लगातार बैठकमा अनुपस्थित भएको प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत भइसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ भदौ २०७९, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा भएको आगलागी भएको विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण
सांसदको चासो– ट्रम्प प्रशासनबाट निष्काशनमा पर्ने नेपालीको उद्धार होस्
अतिरिक्त शुल्कको मार : डिजिटल भुक्तानी निःशुल्क गर्न सांसदको ध्यानाकर्षण
अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन नभएको सांसदको गुनासो
सुमनाको प्रश्न-सरकारले युवाको आवाज सुन्छ ?
अध्यादेशको पक्षमा उभिन काँग्रेस-एमालेले लगाए सांसदलाई ह्विप