काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेले अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई ह्विप लगाएका छन् । राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले अध्यादेशको पक्षमा उभिन भनिएको जानकारी दिइन् ।
राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्दैछ । जहाँ सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।मन्त्रिपरिषद्को सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।
पुस २९ गते थप चार वटा अध्यादेश जारी भएको थियो । माघ २ गते अर्को एउटा अध्यादेश जारी गरेको थियो । ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेको छ ।बिहीबार दुवै सभामा सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
न्यौपानेका अनुसार काँग्रेस र एमाले दुवै दलले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मतदान गर्न ह्विप लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस-एमाले गठबन्धनलाई हराउँदै पुथा उत्तरगंगा उपाध्यक्षमा माओवादी विजयी