काठमाडौँ । बिहीबार बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्नसम्मको लागि सरेको छ।
आज बिहान ९ बजे बस्ने भनि तय गरिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो। पार्टीका एक नेताका अनुसार आजको बैठकले पदाधिकारीको टुङ्गो लगाउने भएको तर तयारी नपुगेको कारण अपराह्न ४ बजेका लागि सारिएको हो।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ। माओवादीको आठौँ महाधिवेशन सात महिना अघि भएको थियो। तर हालसम्म महासचिवको टुङ्गो लागेको छैन।
स्रोतका अनुसार आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ भदौ २०७९, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम छन् : अध्यक्ष प्रचण्ड
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माओवादीको माग
प्रतिपक्षको भूमिकालाई अवसरका रूपमा लिन्छौँ : सचिव शाक्य
माओवादीको पदाधिकारी बैठक खुमलटारमा सुरु
माओवादी केन्द्रको बैठक दिउँसो २ बजेलाई सर्यो
वर्तमान सरकार असफल भइसक्यो : अग्निप्रसाद सापकोटा