काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले आगामी संघ र प्रदेशको निर्वाचनबाट एमाले फेरी सरकारमा आउने बताएका छन्। एमाले सरकारमा हुँदा जनप्रिय कामहरु गरेकाले फेरी सरकारमा आउने उनले दावी गरे।
प्रेस चौतारी अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेम्वाङ्गले आउने निर्वाचन आफूहरुका लागी चुनौतीपुर्ण रहेपनी त्यसको सामना गरेर पहिलो दल बन्नेमा आफु ढुक्क रहेको बताए। मिल्न सक्ने दलहरुसंग संवाद भइरहेको भन्दै उनले कसैले साथ नदिएपनी एमाले एक्लै निर्वाचनमा जाने तयारीमा रहेको बताए।
गत स्थानीय तहको निर्वाचनमा एमालेलाई जनताले लोकप्रिय मत दिएकाले अबको निर्वाचनमा समेत एमाले पहिलो पार्टी बन्ने उनले दावी गरे। पार्टीभित्रको आन्तरिक समस्याले स्थानीय निर्वाचनमा सोचे अनुरुप परिणाम आउन नसकेको भन्दै नेम्वाङ्गले मंसीर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा आन्तरिक कमीकमजोरीलाई सच्चाएर अगाडी बढ्ने बताए। ‘हामी लोकप्रीय मतमा अँघी छौं,उनले भने,‘आन्तरिक समस्याले स्थानिय निर्वाचनमा सोंचेजस्तो परिणाम आएन। सच्चाएर अँघी बढ्छौं।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ साउन २०७९, १० : ४२
लेखकबाट थप