क्रिकेटर अमित श्रेष्ठ आईटेल मोबाइलको सद्भावना दूत नियुक्त

सफल खबर संवाददाता

सोमबार, ३० साउन २०७९, १९ : १३
क्रिकेटर अमित श्रेष्ठ आईटेल मोबाइलको सद्भावना दूत नियुक्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिसका क्रिकेट कप्तान अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनी (आईटेल)ले सद्भावना दूत घोषणा गरेको छ ।आईटेलले सोमबार एक कार्यक्रम गरेर क्रिकेटर अमितलाई एक वर्षको सम्झौता गरी सद्भावना दूत नियुक्त गरेको हो ।

आईटेलको तर्फबाट बिजनेश डेभलपमेण्ट हेड राजेश पौडेल र क्रिकेटर अमितबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । २८ वर्षीय अमितले कुनै प्रतियोगिता खेल्दा आईटेलले उपलब्ध गराएको खेल सामग्रीको प्रयोग गर्न पाउने छन् । दायाँ हाते ब्याट्सम्यान अमितले नेपालको यु–१९ टोलीबाट समेत खेलिसकेका छन् भने घरेलु प्रतियोगितामा लगातार दुई शतक प्रहार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस