अत्याधिक गर्मीबाट महोत्तरीमा एक महिलाको मृत्यु, यसरी बच्नुहोस् गर्मीबाट

आइतबार, २७ जेठ २०७५, १७ : १४
अत्याधिक गर्मीबाट महोत्तरीमा एक महिलाको मृत्यु, यसरी बच्नुहोस्  गर्मीबाट

महोत्तरी । महोत्तरीको गौशालामा अत्यधिक गर्मीका कारण एकजना महिलाको मृत्यु भएको छ । गौशाला नगरपालिका – ८ मा खेतमा धान रोप्ने क्रममा अत्यधिक गर्मीका कारण बेहोस भई स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदाको मृत्यु भएको छ ।

आज बिहान धान रोप्ने क्रममा बेहोस भएकी सदाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । शव परीक्षणका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।

 अत्यधिक गर्मी र तातो हावाले शारिरीक समस्या उत्पन्न गर्नुको मुख्य कारण शरिरमा नुन र पानीको कमी हुनु हो । ‘बंगालको खाडीबाट मनसुन नआएसम्म गर्मीको मार जारी रहन्छ’, डा. मरासिनीले बताए। साथै उनले भने तापक्रम बढी हुदा हिट स्र्टाक, सिन्नकोप लगायतको समस्या आउने बताए ।
 यसको कारणले मानवशरीरमा एक्कासी तापक्रम बढेर शरीरको तापक्रम १०५ देखि ११४ डिग्री सेन्टीग्रेड सम्मको पुग्छ र तत्काल नै बेहोस भई मूत्यु हुन्छ ।
 
गर्मीबाट बच्ने उपाय

घाममा बाहिर हिँड्डुल नगर्ने, हिँड्डुल गर्दा हल्का पातलो वा खुकुलो कपडाको प्रयोग गर्ने । विद्यार्थी, सुरक्षा निकाएका कर्मचारीलाई लामो समयसम्म लगातार लाईनमा नराख्ने, शारीरिक क्रियाकलाप पनि बढी नगराउने । दिउँसोको समयमा भन्दा बढी बिहान बेलुकाको समयमा दैनिक कामहरु गर्ने ।
 
पानीको मात्रा सेवन बढी गर्ने, झोल पदार्थ बढी खाने र बाहिर तिर खुल्ला  राखिएको खाने कुरा नखाने । खरभुजा, कागति, मेवा, स्याउजस्ता फलफूलहरु सफा पानीले धोएर प्रशस्त मात्रामा खाने । उखु तथा नरिवलको जुस पनि गर्मीका लागि निकै लाभदायक मानिन्छ ।
 
चर्किएको घाममा हिँड्दा शरीर ढाकिने गरी पुरा कपडा लगाएर हिँड्नुपर्छ अन्यथा चर्को घामको किरणले गर्दा छालामा क्यान्सरजस्ता रोगहरु समेत लाग्न सक्छ ।
 
मुख्यत : अत्याधिक गर्मीबाट बच्नका लागि सफा स्वच्छ पानी दैनिक ६ देखि ७ लिटरसम्म सेवन गर्नुपर्छ । पानी पिउँदा उमालेर सेलाएको तथा किटाणुररहित मात्रै प्रयोग गर्नुपर्नेमा डाक्टरहरु जोड दिन्छन् ।
यस्ता कुराहरुमा ध्यान दिएमा अत्याधिक गर्मीमा लाग्ने रोगहरुबाट मुक्त पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस