वाइसिएलले गर्यो वित्तीय साक्षरता तालिमको आयोजना

सफल खबर संवाददाता

शनिबार, २८ साउन २०७९, १९ : ३९
वाइसिएलले गर्यो वित्तीय साक्षरता तालिमको आयोजना

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालले कार्यकर्ताका लागि वित्तीय साक्षरता तालिम आयोजना गरेको छ । ‘आत्मनिर्भताका लागि उद्यमशीलता, उद्यमशीलताका लागि वित्तीय साक्षरता’ भन्ने नाराका साथ वाइसीएलले राजधानी काठमाडौंमा आयोजना गरिएको तालिम आयोजना गरेको हो ।

कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने उद्देश्यसहित  वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको वाइसीएलले जनाएको छ । युवाहरुलाई निःशुल्क स्वरोजगार बनाउन तालिम सञ्चालन गरिएको वाइसीएलका संयोजक सुमन देवकोटाले जानकारी दिए ।

वाइसीएल झण्डा र डण्डा बोकेर दगुर्ने संगठन नभएको भन्दै संयोजक देवकोटाले तालिममा एक भुगोलबाट कम्तिमा २० जनालाई अनिवार्य उपस्थिति गराइएको बताए ।

प्रतिक्रिया दिनुहोस