जेनेभा । सोमालियामा ऐतिहासिक खडेरीका कारण १० लाख मानिस विस्थापित हुनुका साथै अनिकालको छायाँमा परेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी)का अनुसार सात लाख ५५ हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित बनेका तर उनीहरू देशको सीमाभित्र रहेका छन्।
सोमालिया, इथियोपिया र केन्यालगायत अफ्रिकामा रहेका उसका छिमेकीहरू ४० वर्षयताकै सबैभन्दा खराब खडेरीको चपेटामा परेका छन्। अपेक्षित पाँचौं असफल वर्षायामले अझै धेरै परिवारहरू विस्थापित हुने निश्चित छ।
सोमालियामा एनआरसीका कन्ट्री डाइरेक्टर मोहम्मद अब्दीले भने, ‘१० लाख जनसङ्ख्या विस्थापित हुनु सोमालियाका लागि ठूलो खतराको घण्टी हो।’
उनले भने, ‘भोकमरीले अहिले सिंगो देशलाई पिरोलेको छ। हामीले धेरैभन्दा धेरै परिवारहरूले घरसहित सबै कुरा छोडेर जान बाध्य भएको देखिरहेका छौँ। किनभने उनीहरूको गाउँमा पानी वा खानेकुरा बाँकी छैन। धेरै ढिला हुनुभन्दा पहिले नै तत्काल सहायता कोष बढाउन आवश्यक छ।
जलवायु परिवर्तन र यूक्रेन युद्धका कारण खाद्य पदार्थको बढ्दो मूल्यका कारण सोमालियामा भोकमरीको समस्या झेलिरहेका मानिसको सङ्ख्या आगामी महिनाहरूमा करिब ५० लाखबाट बढेर ७० लाखभन्दा बढी पुग्ने यूएनएचसीआरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २६ साउन २०७९, २१ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिबियामा बारुदी सुरुङ हटाउने कार्यमा थप अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : राष्ट्रसंघ
दक्षिणी लेबनानबाट शान्ति सेना नहटाउने राष्ट्रसंघको अडान
इजरायलको पछिल्लो निकासी आदेशपछि ६० हजार गाजावासी विस्थापित : राष्ट्रसंघ