क्रिस गेलको फेरी अर्काे विश्व किर्तिमान

एजेन्सी

बुधबार, २७ मंसिर २०७४, १७ : ५४
क्रिस गेलको फेरी अर्काे विश्व किर्तिमान

चर्चित क्रिकेट खेलाडी क्रिस गेलले अर्को विश्व रेकर्ड राखेका छन् । बंगलादेश प्रिमियर लिग क्रिकेटमा मंगलबार साँझ भएको फाइनल खेलमा गेलले सर्वाधिक छक्का प्रहार गर्दै विश्व किर्तिमान कायम गरेका हुन् ।

क्रिस गेलले १८ छक्का प्रहार गर्दै विश्व रेकर्ड राखेका हुन् । उनले आफ्नै नाममा रहेको १७ छक्काको रेकर्डलाई तोड्दै अर्को विश्व रेकर्ड राख्न सफल भएका छन् । उनले यसअघि इन्डियन प्रिमियर लिग (आईपिएल) मा १७ छक्काको विश्व कीर्तिमान कायम गरेका थिए ।

वेष्ट इन्डिजका ३८ वर्षीय गेलले बंगलादेश प्रिमियर लिग (बिपिएल) मा रंगपुर राइडर्सलाई उपाधि दिलाउने क्रममा नटआउट १४६ रन बनाए । उनले ६९ बलमा नै १८ चौका र ५ छक्का प्रहार गर्दै विश्व किर्तिमान बनाए ।

उनले आफ्नो टिमलाई जितको साथै विश्व रेकर्डमाथि रेकर्ड राख्न सफल भएका छन् । टि–ट्वान्टी क्रिकेटमा २० शतक प्रहार गर्ने पहिलो खेलाडी बन्दै अर्को रेकर्ड पनि उनले राखेका छन् । यो शतकसँगै टि–ट्वान्टी क्रिकेटमा ११ हजार रन बनाउने पहिलो खेलाडी पनि बनेका छन् ।

त्यस्तै, गेल बिपिएल क्रिकेटमा १०० छक्का प्रहार गर्ने पहिलो खेलाडी पनि बनेका छन् । गेलले अहिलेसम्म आफ्नो टि–ट्वान्टी करियरमा ८१९ छक्का प्रहार गरेका छन् ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस