काठमाडौं । अर्थ सचिवको जिम्मेदवारी कृष्णहरि पुष्करले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिव बनाउने निर्णय गरेको हो । यसअघि उनी अर्थ मन्त्रालयकै राजश्व सचिवको रुपमा कार्यरत थिए ।
यसअघि नै अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा तानिएको थियो । जनार्दन शर्मा पुनः अर्थमन्त्री भएर आएपछि उनले असहयोग गरेका थिए । यस्तै राजश्व सचिवको जिम्मेजारी रामेश्वर दंगाललाई दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ साउन २०७९, १९ : ५२
लेखकबाट थप