दुई जना मृत अवस्थामा फेला

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, १४ : ०२
दुई जना मृत अवस्थामा फेला

काठमाडौं । कैलाली र धादिङमा दुई जना मृत अवस्थामा फेला परेका छन् । 

कैलालीको धनगढी उपमहानगरपालिका–१३ श्रीलंकास्थित सडक छेउमा गोदावरी नगरपालिका–५ बस्ने ५५ वर्षीय केशब बिक बुधबार मृत अवस्थामा फेला परेका छन् ।

धादिङको शिद्धलेक गाउँपालिका–४ कुईनेटारस्थित त्रिशुली नदीको किनारमा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस