प्रशासकीय अधिकृत ठाकुरको हृदयघातका कारण मृत्यु

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, ११ : ५९
प्रशासकीय अधिकृत ठाकुरको हृदयघातका कारण मृत्यु

काठमाडाैं  । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत बालवीर ठाकुरको मृत्यु भएको छ । प्रशासकीय अधिकृत ठाकुरको हृदयघातका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । 

४५ वर्षीय ठाकुर  २०७८ मंसिर १२ गते जिल्ला प्रशासन कार्यालय धनुषामा हाजिर भई कार्यरत थिए ।जिल्ला प्रशासन कार्यालय धनुषाका ८/९ जना कर्मचारीहरूसमेत भाइरल ज्वरो आएका कारण होम आइसोलेसनमा रहेको प्रजिअ पौडेलले बताए । 

प्रतिक्रिया दिनुहोस