चितवन । श्रीमतीले अचानो प्रहार गर्दा भरतपुरमा ५६ वर्षीय टीकाराम विकको मृत्यु भएको छ। घरायसी विवादमा भरतपुर महानगरपालिका २१ बस्ने ५४ वर्षीय बिनमाया विकले श्रीमान टीकारामलाई अचानोले हानेकी थिइन्।
टाउकोमा गम्भीर चोट लागेर अत्याधिक रक्तस्रावका कारण टीकारामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए। भित्रबाट चुकुल लगाइएको कोठामा खुट्टाले भुँइमा टेकेर टाउको र जीउको भाग खाटमा घोप्टो परेर मृत्यु भएको अवस्थामा प्रहरीले फेला पारेको हो।
बिनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पोष्टमार्टमको लागि टीकारामको शव भरतपुर सरकारी अस्पतालमा राखिएको छ। थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ साउन २०७९, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीमा युवतीको गोली हानी हत्या
देवरद्वारा भाउजूको हत्या
ललितपुरमा खुकुरी प्रहार गरेर युवकको हत्या
निलबाराही जङ्गलमा मृत फेला परेका राईको हत्या भएको खुलासा
ससुराली हिँडेका शिवशंकरको विभत्स हत्या, जंगलमा भेटियो शव
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या