काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरुको भाषा, संस्कृति र लिपीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन्। मंगलबार नेपाल आदिवासी जनजाति महासंघले २८ औं विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आदिवासी जनजातिहरुको भाषा, संस्कृति र लिपीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका हुन्।
उनले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपीको संरक्षणका लागि सरकार गम्भीर रहेको दाबी गरे। उनले नेपालमा विभिन्न जातजाति, भाषा, धर्मका मानिसहरु बसे पनि सामाजिक सद्भाव र सहिष्णुता राम्रो रहेको भन्दै यसप्रकारको सहिष्णुतालाई दीर्घकालसम्म अक्षुण राख्नुपर्ने बताए।
प्रधानमन्त्री देउवाले आदिवासी जनजातिहरुको हक, हीतको संरक्षण तथा संवद्र्धनका लागि आफू सधै प्रतिवद्ध रहेको बताए। उनीहरुलाई राज्यको मुलधारमा ल्याइ कुनै पनि किसिमको अवसरबाट वञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्ने देउवाको भनाइ छ।
उनले आदिवासी जनजातिको परम्परागत सीप र कौशल नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ साउन २०७९, १७ : २६
लेखकबाट थप