दिव्यमणिको माग : निर्वाचन क्षेत्रमा महिलालाई रिजर्भ सिटको व्यवस्था गर्नुपर्छ

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १७ : ०७
दिव्यमणिको माग : निर्वाचन क्षेत्रमा महिलालाई रिजर्भ सिटको व्यवस्था गर्नुपर्छ

काठमाडौं  । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले निर्वाचन क्षेत्रमा महिलालक्षित रिजर्भ सिटको व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।सांसद राजभण्डारिले संविधानले एक तिहाई महिलाहरु नै हुनुपर्छ भन्ने कुरा गरेको उल्लेख गर्दै निर्वाचन क्षेत्रमा महिलालाई रिजर्भ सिटको व्यवस्था गर्न माग गरे ।

उनले जातीय दृष्टिकोणले क्लस्टरको आधारमा जुन ठाउँमा बेसी छ, त्यो क्लस्टरको आधारमा सिट रिजर्भ हुनुपर्ने व्यवस्था हुनुपर्ने बताए । उनले एकै जातिको एकाधिकार सबैतिर नहोस् भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्न र कानून निर्माण गर्न आवश्यक रहेको बताए ।

उनले लामो समयसम्म संसदमा उपसभामुख खाली रहँदा र मन्त्रिपरिषद्मा एक तिहाई महिला सदस्यहरु नहुँदासमेत महिला सांसदहरुले केही नबोलेको उल्लेख गर्दै निर्वाचनको मुखमा आएर समानुपातिकको कुरा गरिरहेको बताए । उनले सबै क्षेत्रमा र परिस्थितिमा महिलाहरुले समानता, कर्तव्य र अधिकारको बारेमा आवाज उठाउनु पर्ने बताए ।

सांसद राजभण्डारीले संसदमा एकै परिवारका श्रीमान, श्रीमती नै सांसद रहेको भन्दै यसलाई समानुपातिक भन्न नसकिने बताए । उनले अधिकारसँगै कर्तव्य र समानतासँगै सबै पक्षको कुराहरु समेटेर अघि बढ्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस