काठमाडौं । नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो रहेको बताएका हुन् ।
उनले अहिलेको निर्वाचन प्रणालीबाट महिला मात्रै नभइ पुरुषहरु पनि प्रत्यक्ष निर्वाचन लड्न डराइरहेको बताए । उनले निर्वाचन प्रणाली महंगो भएकोले पुरुष सांसदहरु पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतर्फ जान खोजिरहेको बताए ।
सांसद पहाडीले अहिले सांसदमा प्रत्यक्षभन्दा समानुपातिकमा चुनाव लड्ने होडबाजी रहेको दाबी गरे । उनले निर्वाचन प्रणालीलाई सस्तो र सरल बनाउनेतर्फ जानसके मात्रै प्रत्यक्षतर्फ प्रतिष्पर्धामा आउन महिला पुरुष सबै अग्रसर हुने बताए ।
उनले भने, ‘महिलाहरु मात्रै होइन, पुरुषहरु पनि पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहनुभएको छ । किनभने जीवनभर राजनीति गर्नुभएको छ, चुनाव लड्न पैसा छैन । त्यसकारण प्रत्यक्षबाट भागेर समानुपातिकमा बस्नको लागि प्रतिष्पर्धा र होडबाजी छ । समस्या त्यहाँ छ ।’उनले यो निर्वाचन प्रणालीले कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने कुरालाई निरुत्साहित गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ साउन २०७९, १६ : ५८
लेखकबाट थप