काठमाडौं ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले दल दर्ता गराएकाे छ। उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेलसहितकाे टाेली निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएकाे हाे।
मंसिरमा हुने निर्वाचनका लागि अहिले दल दर्ता भइरहेको छ। आयोगले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ। दल दर्तापछि असोज २३ गते प्रत्यक्षतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ साउन २०७९, १३ : ३६
लेखकबाट थप