काठमाडौं । सांसद अमृता थापाले संघीय संसदको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा जनसंख्याको आधारमा उम्मेदवार चयन गर्न माग गरेकी छन्।
मंगलबार बसेकाे प्रतिनिधिसभा बैठकमा यस म्बन्धी जरुरी सार्जजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो माग गरेकी हुन्। ‘प्रत्यक्ष (पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिँदा) मा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्ने व्यवस्था आवश्यक छ’ उनले भनिन्।
स्थानीय तहको निर्वाचनमा प्रमुख अध्यक्ष, उपप्रमुख उपाध्यक्ष, वडाध्यक्ष, जिसस प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तिमा ५० प्रतिशत महिला उम्मेदवारी दिनुपर्ने माग पनि उनको छ।
यी दुवै माग सम्बोधन गर्न प्रचलित निर्वाचन सम्बन्धी कानुनहरु संशोधन गर्नुपर्ने उनको माग छ। प्रत्यक्षमा पुरुष मात्रै र समानुपातिकमा महिला मात्रै जस्तो हुन गएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याउनु परेको उनको भनाई रहेको छ। अन्यथा निर्वाचन प्रणालीबारे गलत मानसिकता बस्न जान सक्ने उनको चिन्ता रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ साउन २०७९, १३ : ०४
लेखकबाट थप