चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अगामी संघीय निर्वाचनमा अनेरास्वियु (क्रान्तिकारी) को भूमिका महत्वपूर्ण हुने बताएकी छन । सोमबार अनेरास्वियु (क्रान्तिकारी) केन्द्रीय क्याम्पस कमिटी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको विदाई कार्यक्रममा मेयर दाहालले युवा वर्गमा उच्च जोश, जागर र उर्जा हुने भएकाले संघीय निर्वाचनमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गरिन् ।
मेयर दाहालले कृषि क्याम्पसबाट विदाई भएर गएका विद्यार्थीलाई जुनसुकै भूगोलमा पुगेपनि स्थानीय संगठन र पार्टी निर्माणमा जुट्नुपर्ने बताइन्। क्रान्तिकारी विद्यार्थीको छवि र गरिमालाई सधै उच्च राख्न शैक्षिक संस्थाभित्र रहदा र बाहिरा जादाँ पनि अग्रसर भएर अगाडि बढ्न प्रमुख दाहालले आग्रह गरिन् ।
क्रान्तिकारी विद्यार्थीले शैक्षिक क्षेत्रमा हुने विकृति, विसंगती विरुद्ध सधैब खबरदारी गरी विद्यार्थीको हकहितमा गरेको कार्यको उच्च प्रशंसा गरिन् ।कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्वियु (कान्तिकारी) का केन्द्रीय अध्यक्ष पञ्चा सिंहले विद्यार्थीहरु उच्च शिक्षा अध्ययन पुरा गरेसँगै पार्टीमा जोड्नि आह्वान गरिन् ।
अध्यक्षले सिंहले यसअघिका विद्यार्थीहरुले पार्टीसँग समवन्य नगरेको उल्लेख गरिन् । कार्यक्रममा अनेरास्वियु (कान्तिकारी) का महासचिव दिपेश पुन, अनेरास्वियुका केन्द्रीय सदस्यहरुले मन्तव्य राखेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ साउन २०७९, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुुरमा सार्वजनिक सुनुवाई
नारायणी नदी तटबन्धको मेयर दाहालद्वारा अनुगमन
भरतपुरमा सबैले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने संकल्प गरौ : मेयर दाहाल