काठमाडौं । निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता नामावली संकलन कार्य स्थगित हुने जनाएको छ ।
मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाक प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन शुक्रबारदेखि स्थगित हुने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै अनलाइन प्रविधिमार्फत फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा साउन २१ गतेसमम औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० साउन २०७९, ०७ : ४९
लेखकबाट थप