काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले फिल्म क्षेत्रकै हितका खातिर आफु बोर्डमा आएको बताएका छन् । नेपाल चलचित्र संघ (फिल्म प्रदर्शकहरुको छाता संस्था) ले बुधबार आयोजना गरेको आफ्नै स्वागत कार्यक्रममा उनले फिल्म क्षेत्रको विकासका लागि राज्यले सहयोग नगरेको आरोप लगाए । केसीले आफ्नो कार्यकालमा फिल्म उद्योगलाई विश्वभर पुर्याउने र फिल्म क्षेत्रमा देखिएको समस्या समाधान गर्ने धारणा राखे ।
कार्यक्रममा संघका पूर्व अध्यक्षहरू नकिम उद्दिन र प्रदीपकुमार उदयले फिल्मको विकासमा सरकार गम्भीर नभएको गुनासो गरे । गत साता बोर्ड अध्यक्षमा नियुक्त भएपछि भुवनको केही दिनयता व्यस्तता सम्मान र बधाई खानमा बढेको छ । एकातिर संघ–संस्थाले उनलाई सम्मान गरिरहेका छन् भने अर्को तिर सामाजिक सञ्जालमा उनको नियुक्तिको चर्को आलोचना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, १७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भुवन केसीलाई लाईफटाईम एचिभमेन्ट अवार्ड
चलचित्र क्षेत्रले स्विकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु : भुवन केसी
चलचित्र क्षेत्रमा निरन्तर तपस्या गरेपछि आजको स्थान प्राप्त भयो : भुवन केसी