काठमाडौँ । चीनको निरन्तर चेतावनीका बावजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । मंगलबार उनी उच्च सुरक्षाबीच ताइपेइको विमानस्थलमा अवतरण गरेकी हुन् ।
उनी जहाजबाट ओर्लिँदै गरेको तस्बिर बीबीसीसहितका अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरेका छन् । अमेरिकी सरकारले औपचारिक घोषणा नगरेको यस भ्रमणलाई पछिल्लो २ दशकभन्दा लमो समयको अन्तरालमा अमेरिकी उच्च अधिकारीको महत्त्वपूर्ण भ्रमणको रुपमा व्याख्या गरिएको छ ।
अमेरिकाले पेलोसीको भ्रमणअघि नै ताइवानको समुद्री क्षेत्रमा युद्धपोत तैनाथ गरिसकेको थियो । चीनले भने सोमबारदेखि नै ताइवानको सीमा क्षेत्रको आकासमा विमान उडाउदै आएको छ ।
यसैबीच पेलोसीको भ्रमणलाई लिएर यसअघि नै चीनले कडा शब्दमा अमेरिकालाई चेतावनी दिएको थियो । साथै रुसले पनि उक्त भ्रमणको विरोध जनाएको थियो । पेलोसी मंगलबार रात ताइवान बसेर बुधबार त्यहाँको संसद् भवन पनि पुग्ने तालिका छ ।
चीनमा भने पेलोसीको भ्रमणलाई लिएर सामाजिक सञ्जाल भरिएको छ । मंगलबार अधिकांश चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पेलोसीको भ्रमणबारे टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १७ साउन २०७९, २१ : २२
लेखकबाट थप