गुल्मी । गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–४ कुबिन्डे बस्ने ४० वर्षीय भुपाल अधिकारीलाई मंगलबार राति पक्राउ गरेको छ ।
अधिकारीले ती बालिकालाई ललाई फकाई सोही ठाउँ स्थित खरबारीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी इस्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यता कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले लालझाँडी गाउँपालिका–२ कञ्ज कसुवा बस्ने ५५ वर्षीय राम दत्त रानालाई मंगलबार साँझ पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ साउन २०७९, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा धान उत्पादन बढ्यो
गुल्मीमा भेटिए ३ सय ५ प्रजातिका चरा, चुनौतीपूर्ण बन्दै काँडे भ्याकुर संरक्षण
गुल्मीमा २३ करोडको सुन्तला उत्पादन