एउटा बुद्धचित्तको बोट १ करोड १ लाखमा विक्री

पत्रपत्रिकाबाट

सोमबार, ०९ साउन २०७९, ०८ : ०७
एउटा बुद्धचित्तको बोट १ करोड १ लाखमा विक्री

काभ्रे । हरेक वर्ष चर्चा सहित विवादमा आउने साविक सिसाखानी गाविस वडा नम्वर ४ हालको रोशी गाउँपालिका वडा नम्वर ५ रहेको ठुलो र धेरै फल्ने बुद्धचित्तको रुखको दाना टिप्ने विवाद एक करोड एक लाख रुपैया जम्मा गरे पछि सहमतिमा टुङ्गिएको छ ।

आइतबार दिउँसो रोशी गाउँपालिकाको खातामा एक करोड १ लाख जम्मा गरे पछि विवादित रुखको दाना टिप्ने वातावरण बनेको हो । ‘जुन पक्षले एक करोड वा सो भन्दा माथि जम्मा गर्छ उसले नै उक्त माला टिप्ने छौं’ दुवै पक्षले गरेको सहमतिमा उल्लेख छ ।

‘मैया खड्गी लामाको साक्षी बसेका दावा लामाको तर्फबाट रोशी गाउँपालिकाको धरौटी खातामा १ करोड १ लाख रुपियाँ जम्मा भएको छ’ रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम लामाले भने, ‘अदालतको आदेशअनुसार भएको सहमति कार्यान्वयनको बाटो खुलेकाले थप समन्वयका साथ दाना टिप्ने वातावरण मिलाइदिने छौं ।’

जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७९ साउन २ गते निवेदक मैयाँ खड्गी लामाले विपक्षी आइते सीं थिङ्गसँग २०७५ साल असोज ७ गते करार सम्झौता गरेकी थिइन् । सबैभन्दा ठूलो धेरै फलदाना लाग्ने रुख २०७७, २०७८ र २०७९ को लागि बादी जयन्तीमैया खड्गीले लिने र सो वापत ६६ लाख प्रथम पक्षलाई बुझाउने गरी सम्झौता भएको थियो । नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस