काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अपेक्षा गरेअनुसार निर्यात नबढेको बताएका छन् । आज नेपाल उद्योग परिसंघको १९औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै मन्त्री बडूले सोचेअनुरुप निर्यात बढ्न नसकेको बताएका हुन् ।
उनले नीति र कार्यक्रममा लिएको लक्ष्यअनुसार मुलुकको राष्ट्रिय उत्पादन बढाउने, रोजगारी सृजना गर्ने र उपभोग वृद्धि गर्ने लक्ष्यमा अडिग रहेको बताए । यस्तै, निर्यात वृद्धि गर्न सक्दो प्रोत्साहन गर्ने बताउँदै देशको अर्थतन्त्रलाई सकरात्मक दिशामा लग्न निरन्तर लाग्ने समेत बताए ।
त्यसका लागि गर्नुपर्ने सम्पूर्ण नीतिगत सुधार गर्न सरकार तयार रहेको बडूको भनाइ छ । नेपालको उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्नका लागि सञ्चालनमा रहेका उद्योगहरूको क्षमता वृद्धि गर्नतर्फ सरकार लागेको उनले बताए ।
यस्तै, अहिले बन्द अवस्थामा रहेका उद्योगहरूलाई सञ्चालन गर्दै राष्ट्रिय उत्पादन बढाउन नीजि क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने मन्त्री बडूको भनाइ छ । औद्योगिक उत्पादन बढाउनका लागि निजी क्षेत्रलाई जग्गा भाडामा दिन पनि सरकारी पक्ष तयार रहेको उनको भनाइ । ‘लिजको अवस्था ३० वर्षको थियो । त्यसलाई हामीले बढाएर ५० वर्ष बनायौं,’ मन्त्री बडूले भने, ‘यसले औद्योगिक उत्पादन वृद्धि गर्नुका साथै उद्योगीहरुलाई लगानीको वातावरण बन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, २१ : २७
लेखकबाट थप