सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिकाले ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएका मलामीका परिवारलाई जनही रु एक लाख रुपैयाँ दिने भएको छ । मलामी पुगेर फर्कंदै गरेको ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएका तीन जनाको परिवारलाई जनही रु एक लाख दिने निर्णय गरेको हो । नगरपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख कृष्णकुमार तामाङले जानकारी दिए ।
गत असार २४ गते मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका –९ का ४६ वर्षीय केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारीको मृत्यु भएको थियो भने ट्रयाक्टर दुर्घटनामा परेर ४२ जना मलामी घाइते भएका थिए ।
यस्तै बैठकले घाइतेमध्ये तीन जनालाई उपचार खर्चसमेत उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख तामाङले बताए । गम्भीर घाइते चैनपुर–१० का दीपेश कटुवाल, चित्रबहादुर तामाङ र नरबहादुर कार्कीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय भएको नगरप्रमुख तामाङले बताए । ४४ जना मलामी बोकेर फर्किँदै गरेको को २ त ३९६१ ट्रयाक्टर खाँदबारी–लेगुवा सडक खण्डको दुम्कटामा दुर्घटनामा परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ साउन २०७९, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीमा घरको छतमा खस्यो ट्याक्टर, दुई बालिका घाइते