स्याङजा–२ मा उपप्रधानमन्त्रीलाई उछिन्दै पध्म अर्याल विजयी

बुधबार, २७ मंसिर २०७४, १० : १२
स्याङजा–२ मा उपप्रधानमन्त्रीलाई उछिन्दै पध्म अर्याल विजयी

२७ मंसिर, काठमाडौं । सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा–२ बाट पराजित भएका छन् । श्रेष्ठ एमालेकी  पध्म कुमारी अर्यालसँग ३ हजार ७ सय ६ मतान्तरले पराजित भएका हुन् ।

बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार, निर्वाचित अर्यालले ३५ हजार १ सय ४२ मत ल्याएकी छन् । श्रेष्ठ ३१ हजार ४ सय ३६ मतमा रोकिएर पराजित भए ।

योसँगै स्याङजाको सबै स्थानको नतिजा बाहिरिएको छ । प्रतिनिधिसभाको दुवै क्षेत्रमा एमाले  विजयी भएको  छ ।

प्रतिक्रिया दिनुहोस