धादिङ । धादिङ जिल्लामा डेङ्गुका बिरामी बढ्न थालेका छन् । पछिल्लो एक महिनाको अवधिमा जिल्ला ४९ डेङ्गुका बिरामी पहिचान भएका हुन्। बिरामी जाँच गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एक गरी ४९ जनालाई डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो ।
पोथी लामखुट्टेले टोकेर सङ्क्रमण हुने डेङ्गुको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडाजस्तै गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको छ ।
धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मधुकर दाहालले लामखुट्टेबाट बच्न ज्वरो आएमा, बान्ता भएमा वा डेङ्गुका लक्षण देखिएमा स्वास्थ्य संस्थामा आउन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०१ साउन २०७९, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङमा ग्यास बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह
प्रमुख जिल्ला अधिकारीपछि धादिङका प्रहरी प्रमुख पनि हेडक्वाटर तानिए
धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते, तीन गम्भीर
एमाले धादिङ अध्यक्षमा भूमि त्रिपाठी विजयी