वैचारिक छलफललाई गुटको भेला भन्न पाइँदैनः कांग्रेस उपसभापति गुरुङ

सफल खबर संवाददाता

शनिबार, ३२ असार २०७९, १९ : ४१
वैचारिक छलफललाई गुटको भेला भन्न पाइँदैनः कांग्रेस उपसभापति गुरुङ

काठमाडौँ  । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा शेखर कोइराला पक्षका नेताहरुले आफ्नो समूहको बचाउ गरेका छन्। पार्टीलाई बलियो बनाउनु पर्छ भनेर गरिने छलफललाई ‘गुटको भेला’ भन्न नपाइने उनीहरुको तर्क छ।

बैठकमा बोल्दै उपसभापति धनराज गुरुङले पार्टीलाई वैचारिक रुपमा बलियो बनाउन गरिने छलफललाई गुटको भेला भनिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले भने, ‘सभापतिलाई बलियो बनाउनु पर्छ भन्ने हो। कचौरामा तेल लगेर लगाइदिएर बलियो बनाउने होइन। वैचारिक रुपमा बलियो बनाउने हो। त्यो छलफल गर्नुलाई गुटको भेला भन्न पाइँदैन।’

प्रतिक्रिया दिनुहोस