काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । संयीय संसद् सचिवालयका अनुसार पहिलो बैठक दिउँसो १ बजे र दोस्रो बैठक दिउँसो ३ बजे बस्नेछ।
पहिलो बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ। यस्तै सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
यस्तै आजै बस्ने दोस्रो बैठकमा उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाइनेछ। जसमा सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद विद्या भट्टराईले उपसभामुख पदका लागि उम्मेदवारी दिएका छन्।
बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देव गुरूङले उपसभामुखमा पुष्पा भुसाललाई निर्वाचित गरियोस भनि प्रस्ताव पेश गर्नेछन्। उनको प्रस्तावलाई नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मी कुमारी चौधरीले समर्थन गर्ने कार्यूसची रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, ०८ : ५९
लेखकबाट थप