काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार नर बहादुर थापालाई पराजित गर्दै एमालेका थापा वडाध्यक्षमा विजयी भएका छन्।विजयी भण्डारीले ८३८ ल्याए। उनका प्रतिस्पर्धी नर बहादुर थापाले २३५ मत ल्याए।
वडा नम्बर २ सहित नेकपा एमालेका उम्मेदवारहरुले नगरपालिकाका ४ वटा वडाको वडाध्यक्षमा जित हासिल गरेका छन्। वडा नम्बर १, २, ९ र १० को वडाध्यक्षमा एमाले उम्मेदवारहरु विजयी भएका हुन्। वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह ४९२ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी उत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार भरत बहादुर थापाले २९३ मत ल्याए।
यस्तै, वडा नम्बर १ को वडाध्यक्षमा एमालेका रणबहादुर थापा ४१६ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका लोगबहादुर थापाले ३५० मत प्राप्त गरे। वडा नम्बर १० को वडाध्यक्षमा एमालेका दलबहादुर सावद ५४८ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका मोहनबहादुर बुढाले ४९१ मत ल्याए।
पछिल्लोपटक मतपरिणाम सार्वजनिक भएको वडानम्बर २ बाट नगरपालिकाको मेयरमा एमाले उम्मेदवारले ८५१ मत प्राप्त गर्दा कांग्रेसबाट मेयरका उम्मेदवारले २२९ मत प्राप्त गरे। यस्तै, उपमेयरमा एमालेका उम्मेदवारले ८५८ प्राप्त गर्दा कांग्रेसका उम्मेदवारले २१३ मत पाए।
१ हजार ४४३ मतदाता रहेको वडा नम्बर २ मा १ हजार ११९ मत खसेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असार २०७९, ११ : ४२
लेखकबाट थप