बाजुरा बुढीगंगा निर्वाचन अपडेटः मेयरमा एमालेले अग्रता बढाउँदै, वडा १ र १० मा एमाले विजयी

सफल खबर संवाददाता

शनिबार, २५ असार २०७९, ०८ : १४
बाजुरा बुढीगंगा निर्वाचन अपडेटः मेयरमा एमालेले अग्रता बढाउँदै, वडा १ र १० मा एमाले विजयी

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकामा एमालेले अग्रता बढाउँदै लगेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले १७३२ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खाती १०३० मत प्राप्त गरेका छन्। उनिहरु दुईबीचको अन्तर ७०२ रहेको छ। त्यस्तै, उपप्रमुखमा पनि एमालेकी मायाकुमारी खड्का कुवँर १६८७ मत ल्याउँदै अगाडि छिन् भने उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले १०६७ मत ल्याएकी छिन्।

अहिलेसम्म २ हजार ९ सय ३७ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नगरपालिकाको वडा नम्बर १ र १० को मत गणना सम्पन्न भइसकेको छ।

वडा नम्बर १ को अध्यक्षमा एमालेका रणबहादुर थापा विजयी भएका छन् भने १० मा पनि एमालेकै दलबहादुर साउद विजयी भएका छन्। १२ हजारभन्दा बढी मतदाता रहेको यश नगरपालिकामा बिहीबार सम्पन्न मतदानमा झण्डै ९ हजार मत खसेका छन्।

प्रतिक्रिया दिनुहोस