काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको बताएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकारको निर्णयमाथि अध्ययन भइरहेको बताइन् ।सरकारले एसपीपीमा सहभागी नहुने भनी गरेको निर्णय अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयमा पठाएको छ । परराष्ट्र मन्त्रालयले पनि सरकारको निर्णय प्राप्त भएको तर अमेरिका पठाइनसकेको प्रवक्ता लम्सालले बताइन् ।
‘पहिले हामीबाट पत्राचार भएको होइन । यसबारेमा अध्ययन भइरहेको छ । पठाउने भन्नेबित्तिकै हुँदैन । पहिले के(के भएको थियो भन्ने विषयमा पनि बुझ्नुपर्ने हुन्छ’ प्रवक्ता लम्सालले भनिन्, ‘उपयुक्त समयमा नेपाल सरकारको निर्णयलाई डिप्लोम्याटिक च्यानलबाट पत्राचार गर्छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ असार २०७९, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको भ्रमणपछि चीनको सहयोग थप विस्तार हुनेछ : परराष्ट्र मन्त्रालय
राष्ट्रपतिको स्विट्जरल्यान्ड र जर्मनी भ्रमण फलदायी र सफल : परराष्ट्र मन्त्रालय
सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : प्रदीप पौडेल
मस्कोमा भएको आतङ्कवादी हमलाको सरकारद्वारा निन्दा, दोषीलाई कानूनी कठघरामा ल्याउन माग
भारतसँगको सीमा समस्याको राजनीतिक समाधान खोज्नुपर्छ : परराष्ट्रमन्त्री साउद