काठमाडौं । सर्वोच्च अदालतले आगामी प्रतिनिधिसभाको निर्वाचनमा जेल र हिरासतमा रहेका कैदी बन्दीहरूलाई समानुपातिकतर्फ मत दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले संविधानले दिएको अधिकार कैदी बन्दीहरूलाई पनि दिन आदेश गरेको हो। सर्वोच्चको यो आदेशसँगै अबको चुनावमा विभिन्न कारणले जेल, थुनामा बसेकाहरूले पनि समानुपातिकका उम्मेदवारलाई भोट दिन पाउने भएका छन्। २०७९ असार १ देखि निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य जारी रहेकाले कैदी बन्दीको पनि समावेश गर्न सर्वोच्चले आदेश गरेको छ।
‘आगामी हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फको निर्वाचन प्रयोजनको लागि कैदी बन्दीहरूको मतदाता नामावली संकलन तथा अध्यावधिक गर्नु गराउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९९२०९क० बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ’ सर्वोच्चले आदेशमा भनेको छ। निशान्त पोखरेलसमेतले कैदी बन्दीहरूले मतदान गर्न नपाउने भएकाले संविधानले दिएको मौलिक हकसमेत कटौती भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
रिट निवेदकले सर्वोच्चले कैदी बन्दीहरूलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फको मताधिकार सुनिश्चित गर्ने माग गरेका थिए। २०६४ र २०७० सालको पहिलो र दोस्रो संविधानसभा सदस्य निर्वाचनमा सरकारी कार्यालय, स्थानीय निकाय वा सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, सैनिक, प्रहरी ब्यारेकमा रहेका व्यक्ति वा तत्कालीन अवस्थामा अस्थायी शिविर क्यान्टोन्मेन्टमा रहेका माओवादी सेनाका लडाकु कारागारमा रहेका कैदी, थुनुवाको नाम अस्थायी मतदाता नामावलीमा समावेश गरिएको थियो। त्यस समयमा मतदान अधिकार दिएको तथ्य निर्वाचन अयोगबाट प्रकाशित पुस्तक ‘नेपालको निर्वाचन इतिहास’मासमेत उल्लेख छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १४ असार २०७९, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँका कैदीबन्दी धमाधम नुवाकोट कारागारमा स्थानन्तरण
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
चितवन कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी
चितवनका ६० जना कैदीबन्दीलाई अन्यत्र सारियो
चितवनमा कैदीबन्दीको चाप बढेसँगै व्यवस्थापनमा समस्या
भूकम्पले चर्किएर चिराचिरा परेको भवनमा क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी