‘पुष्पा २’ को लागि अल्लु अर्जुनले बढाए शरीरको तौल

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, १५ : ०७
‘पुष्पा २’ को लागि अल्लु अर्जुनले बढाए शरीरको तौल

एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन यतिबेला आफ्नो आगामी फिल्म ‘पुष्पाः द रुल’ लाई लिएर चर्चामा छन् ।

अहिले सामाजिक सञ्जालमा उनका केही नयाँ तस्वीरहरू सार्बजनिक भएका छन् ।जुन तस्वीरमा उनको शरीरको तौल बढेको देखिन्छ । जसका कारण धेरैले उनलाई सामाजिक सञ्जालमा ट्रोल गरिरहेका छन् । कतिपयले उनलाई बुढो, बृद्ध समेत भनेका छन् । उनको तस्वीरमा आलोचकहरूले निकै नराम्रो आलोचना गरेका छन् । अल्लु अर्जुनले लगाएका पहिरनका बारण पनि उनलाई धेरैले ट्रोल गरेका छन् । उनलाई कसैले सडक छाप चोर, कसैले पागल, बृद्ध भन्दै गाली समेत गरेका छन् । अल्लु अर्जुनले आफ्नो शरीरको तौल आगामी फिल्म ‘पुष्पाः द रुल’ का लागि बढाएका हुन् । तर, फिल्मका लागि किन उनले आफ्नो शरीरको यती धेरै तौल बढाए भन्ने कुरा फिल्म रिलिजपछि मात्रै थाहा हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनको पछिल्लो फिल्म ‘पुष्पा द राइज’ ले बक्स अफिसमा निकै राम्रो कमाइ गरेको थियो । जसले उनलाई विश्वभर चर्चित बनायो । फिल्म ‘पुष्पा द राइज’ को दोस्रो भाग ‘पुष्पाः द रुल’ आउने तयारीमा छ । जसका लागि अर्जुनले आफ्नो शरीरको तौल बढाएका छन् । केही दिन अघि फिल्मको कथा लिक भएको समाचार बाहिरिएको थियो । तर, फिल्मका टीमले औपचारिक रुपमा केही बताएका छैनन् ।

निर्माण पक्षले फिल्म ‘पुष्पाः द रुल’ लाई सन् २०२२ भित्रै प्रदर्शनमा ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस