काठमाडौं । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले मूल्यवृद्धि विरुद्ध आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बसेको अनेरास्ववियूको केन्द्रीय पदाधिकारी बैठकले मूल्यवृद्धि विरुद्ध आन्दोलनको आगामी कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
संगठनकी अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा शनिबार मूल्यवृद्धिविरुद्ध जिल्ला सदरमुकामका प्रमुख चोकमा सिठी जुलुस कार्यक्रम गर्ने तय गरिएको छ ।
यस्तै असार १२ गते देशभरिका हरेक शैक्षिक संस्थाहरुमा महङ्गी बिरुद्ध सरकार कहाँ छ रु भन्ने कालो ब्यानर राख्ने, असार १३ गतेदेखि १८ गतेसम्म हस्ताक्षर अभियान चलाउने, असार १५ गते मुल्यवृद्धि विरुद्ध व्यङ्ग्यात्मक कविता वाचन कार्यक्रम गर्ने र१६ गते मुल्यवृद्धि विरुद्ध सडक सभा गर्ने तय गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असार २०७९, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सकहरू ३५ दिनदेखि निरन्तर आन्दोलनमा
राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनमा उत्रिने घोषणा
आवासीय चिकित्सकले स्वीकारेनन् सरकारसँगको सम्झौता
विद्यालय कर्मचारीले छुट्टै आन्दोलन घोषणा गर्ने
चिकित्सकलाई मेडिकल कलेज सञ्चालकको धम्की : आन्दोलन नरोकेसम्म भत्ता दिँदैनौं
आन्दोलन थप चर्काउने शिक्षकहरूको चेतावनी, आज पनि वार्ताको तयारी