काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद धर्मशीला चापागाईंले सरकारले निरन्तरता पाइरहेको योजना पनि बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै उनले द्वन्द्वपीडित बच्चा पढाइरहेको बच्चाका लागि भएको बजेटसमेत कटाएको उल्लेख गर्दै भने, “वर्षौँदेखि निरन्तरता पाएको योजनाको बजेट पनि कटाइएको छ, द्वन्द्वपीडितको बच्चा पढाउने बजेटसम्म विनियोजन भएन, त्यो बच्चा पढाउनु राज्यको दायित्व हो कि होइन, मलाई जवाफ चाहिन्छ ।”
सांसद मीनबहादुर विश्वकर्माले शेयर बजारले वित्तीय क्षेत्रलाई अप्ठ्यारो अवस्था आएको हुनाले सरकारले ५० लाख व्यवसायी आबद्ध भएको उक्त शेयर बजारप्रति ध्यान दिएर आमरण अनशनमा बसेको व्यक्तिको जीवन बचाउन सरकारसँग आग्रह गरे।
सांसद यज्ञबहादुर बोगटी र रेखाकुमारीले देशका विभिन्न भागमा हत्या, हिंसाको घटना भइरहेकाले सरकारले शान्ति सुरक्षा कायम गर्न सरकारको ध्यानाकर्षण गराए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असार २०७९, १७ : ४३
लेखकबाट थप