रवि लामिछानेको दल निर्वाचन आयोगमा दर्ता

सफल खबर संवाददाता

मंगलबार, ०७ असार २०७९, १६ : ५८
रवि लामिछानेको दल निर्वाचन आयोगमा दर्ता

 काठमाडौँ । सञ्चारकर्मी रवि लामिछाने घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ।राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेसँगै रवि दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए।

घण्टी चुनाव चिन्हसहित उनले दल दर्ता गराएका हुन्।दल दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीमा हाल चिनिएका अनुहार नभए पनि देशलाई चिनेका अनुहारहरु भएको उनले बताए।

राजेश हमाल तथा अन्य केही चर्चित कलाकारहरु पार्टीमा सामेल रहने भन्ने सन्दर्भमा उनले भने, ‘म त त्यस्तो हो भने उहाँहरुलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्न जान्छु। उहाँहरु जस्तो अग्रज मेरो पार्टीमा आउनु मेरो लागि धेरै ठूलो कुरा हो।’

प्रतिक्रिया दिनुहोस