भाइ रवि लामिछानेको पार्टीमा आजीवन संलग्न नहुने हरिशरणको घोषणा

सफल खबर संवाददाता

मंगलबार, ०७ असार २०७९, १६ : ३९
भाइ रवि लामिछानेको पार्टीमा आजीवन संलग्न नहुने हरिशरणको घोषणा

काठमाडौँ । हरिशरण लामिछानेले भाइ रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने घोषणा गरेका छन्।

रविले नयाँ पार्टीको घोषणा गरेको केही घण्टामै हरिशरणले सो पार्टीमा आफू आजीवन संलग्न नहुने घोषणा गरेका हुन्। मंगलबार राष्ट्रिय सभागृहमा कार्यक्रम गरी रविले घोषणा गरेको नयाँ पार्टीले परिवारवाद निषेध गर्ने बताइएपछि हरिशरणले सो घोषणा गरेका हुन्।सामाजिक सञ्जालमार्फत हरिशरणले लेखेका छन्, ‘राजनैतिक रुपले त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)मा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु।’

प्रतिक्रिया दिनुहोस