काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पुँजीबजारमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुँजीबजार संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए।पुँजीबजार धराशायी हुँदा सिंगो अर्थतन्त्रमै गम्भीर असर परेको र लगानीकर्ताहरुको लगानी जोखिममा परेको भन्दै उनले पुँजीबजारको पुनोरुत्थान गर्न सरकारको ध्यानाकर्षण गराए। उनले नेपाल राष्ट्र बैंकले आफ्ना नीतिहरुलाई पुनरवलोकन गरेर भए पनि पुँजीबजारको जोखिम हटाउनुपर्ने बताए।
उनले भने, ‘लाखौँ नेपालीहरु आवद्ध भएको, लाखौँ नेपालीहरुले भरोसा गरेको यो सेयर मार्केटलाई हामीले कुनै न कुनै रुपमा पुनोरुत्थान गर्न जरुरी छ। त्यसका लागि अर्थमन्त्रीले एउटा जोखिमयुक्त कदम उठाएर अर्थमन्त्रालयले कदम उठाएर भए पनि नेपाल राष्ट्र बैंकले आफ्नो नीतिहरुलाई पुनरवलोकन गरेर भए पनि यो सेयर मार्केटका लगानीकर्ताहरुको जुन जोखिम छ, त्यो जोखिमबाट पुनरुत्थान गर्नका लागि जोडदार रुपमा हामी माग गर्न चाहन्छौँ।’
प्रमुख सचेतक भट्टराईले लगानीकर्ताहरुले आत्महत्या गर्ने तहसम्मको अवस्था उत्पन्न भएको भन्दै राज्यले आफूलाई बेखबर र गैरजिम्मेवार बनाउनु नहुने बताए।
उनले लगानीकर्ताको सुरक्षा राज्यले गर्नुपर्ने बताए। उनले पुँजीबजार सुधारको माग राखी अनशनरत तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर हुँदै गइरहेको भन्दै कोइरालाको माग सम्बोधन गर्न पनि सरकार सँग माग गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असार २०७९, १६ : १७
लेखकबाट थप