काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेट्न निर्वाचन आयोग पुगेका छन्।
विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गर्न उनीहरु त्यहाँ पुगेका हुन्। महामन्त्रीद्वयले प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर ध्यानाकर्षण गराउने छन्। त्यसअघि उनीहरुले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असार २०७९, १२ : २१
लेखकबाट थप