जग्गा वर्गिकरणका नाउमा बैंकबाट ऋण नरोक्न ध्यानाकर्षण

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १४ : ३५
जग्गा वर्गिकरणका नाउमा बैंकबाट ऋण नरोक्न ध्यानाकर्षण

काठमाडौँ । सांसद डा‍‍. डिला संग्रौलाले जग्गाको वर्गिकरणका नाउमा बैंकबाट ऋण दिने कार्य रोकिएकाले तत्काल खुलाउन माग गरेकी छन्।संसदको शून्य समयमा सांसद संग्रौलाले धितो राखेर ऋण नदिँदा सर्वसाधरण मारमा परेको उल्लेख गर्दै तत्काल त्यस्तो अव्यवाहारिक नियम हटाउन माग गरिन्।

सरकारले भू उपयोग नियमावलीमार्फत जग्गाको वर्गिकरण गर्ने व्यवस्था गरेको छ। उक्त नियमावली कार्यान्वयनमा आएपछि मालमोत कार्यालयले जग्गा वर्गिकरण नभइ रोक्न राख्न नमानेपछि बैंकले दिने ऋण ठप्प भएको छ।

सांसद संग्रौलाले भनिन्, ‘वर्गिकरणको नाउमा बैंकबाट दिने ऋण रोकिँदा धेरै जनता समस्या परेका छन्। विदेश जना तयार भएका विद्यार्थी पैसाको अभावमा रोकिनु परेको अवस्था छ। त्यसलाई खुलाइयोस्।’

प्रतिक्रिया दिनुहोस